काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । योसँगै विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपालचोकजिल्ला स्थित भोटेकोशी नदी, बाह्रबिसे जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।
यो बढ्दो क्रममा रहेकाले सो नदीको तटीय क्षेत्रहरूमा रहनेहरूले बिहान ८ बजेसम्मै उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ।
त्यसैगरी सिन्धुपालचोक जिल्लाकै इन्द्रावती याङ्ग्री नदी जल मापन केन्द्रमा हालको जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेको छ । तल्लो नदी तटीय क्षेत्रहरू रहनेहरू बिहान उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाको भनाई छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार
अविरल वर्षाको प्रभाव : प्रमुख आठ नदीको जलसतहले खतराको तह पार
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
देशका प्रमुख नदीमा बहाव बढ्दो