काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । योसँगै विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपालचोकजिल्ला स्थित भोटेकोशी नदी, बाह्रबिसे जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।
यो बढ्दो क्रममा रहेकाले सो नदीको तटीय क्षेत्रहरूमा रहनेहरूले बिहान ८ बजेसम्मै उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ।
त्यसैगरी सिन्धुपालचोक जिल्लाकै इन्द्रावती याङ्ग्री नदी जल मापन केन्द्रमा हालको जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेको छ । तल्लो नदी तटीय क्षेत्रहरू रहनेहरू बिहान उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाको भनाई छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अविरल वर्षाको प्रभाव : प्रमुख आठ नदीको जलसतहले खतराको तह पार
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
देशका प्रमुख नदीमा बहाव बढ्दो
यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
यी जिल्लाका नदी र खोलामा छ बाढीको जोखिम