काठमाडौं। नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।आइतबार बिहान करिब ४ बजेतिर सुतिरहेकै स्थानमा प्रतापपुर गाउँपालिका ८ गंगापुरकी ३२ वर्षीय रुना पाललाई सर्पले टोकेको थियो ।
सर्पको टोकाइबाट बेहास भएकी पाललगत्तै उपचारको लागि सर्पदंश उपचार केन्द्र त्रिवेणी क्याम्प लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पाललाई जिल्ला अस्पताल परासी पठाइएको थियो ।उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असार २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा सर्पको टोकाइबाट एक शिक्षिकाको मृत्यु
गोमन सर्पले डस्दा सर्लाहीमा एक युवकको मृत्यु
सर्पले टोकेर बालकको मृत्यु
सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
गोमन सर्पले डस्दा वृद्धाको मृत्यु
सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते