काठमाडौँ । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन् ।
दुई सय एघारौँ भानु जयन्तीको अवसरमा शुभकामना दिँदै उनले भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुसरण गर्नुपर्ने बताए ।
आजको दिनले आदिकवि भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित हाम्रो प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुसरण गर्दै संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु, उनले शुभकामना सन्देशमा भनेका छन् ।
भानु नगरपालिका–४ चुँदीरम्घामा १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो ।
नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ असार २०८१, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड