विदेशको पिडा भुल्दै जैसी, बाख्रा पालन ब्यवसायमा रमाउदै

मंगलबार, १६ असोज २०७५, १७ : ५२
विदेशको पिडा भुल्दै जैसी, बाख्रा पालन ब्यवसायमा रमाउदै

दाङ । घरपरिवारसँग सुुखी जीवन बिताउन धन कमाउने  सपना बोकेर नेपाली युवाहरु विदेशी ने क्रम बढ्दो छ । तर केही युवाहरुले भने विदेशमा भोगेका भोगाइबाट पाठ सिक्दै स्वदेशमै विभिन्न ब्यवसायहरु शुरु गरेका छन । त्यस्तै बाँके राप्ती सोनारी २ टिकुलीपुरका २६ बर्षिय विरु प्रसाद जैसीले करिब ढेड बर्षदेखि बाख्रा पालन ब्यवसाय शुरु गर्दै आएका छन । 

बाँकेको राप्ती सानारी गाउँपालिका–२ टिकुलीपुरका २६ वर्षीय वीरुप्रसाद जैसी ८ वर्ष विदेशी भूमिमा बसे । धनकमाएर घरपरिवारसँग सुुखी जीवन बिताउने आशासहित उनले कतार, कुवेत, साउदी अरबमा काम गरे । उनले त्यहाँ आफूले सोचेका जस्तो खुसी भेट्टाउन सकेनन । तर, त्यहाँ पाएका दुःखले भने स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने आँट दियो । त्यसैले, वैदेशिक रोजगारीलाई चटक्क छाडेर नेपाल आए । ८ वर्षसम्म विदेशी भूमिमा बिताएका ऊर्जाशील समय, श्रम र पसिना बगाउँदा पनि खुसी र सुख नभेट् टाएपछि उनी करिब डेढ वर्षअघि स्वदेश फर्किएर बाख्रा पालनमा लागे ।  घर फर्किएपछि जैसीले गाउँमा  शुरुमा एक लाख ६० हजार रुपैयाँ लगानी गरी बाख्रा पालन सुुरु गर े। अहिलेसम्म चार लाख रुपैयाँभन्दा बढी लागनी भएको उनी बताउँछन ।

खाडीका मुुलकमा त्यतिका वर्ष बिताउँदा नभेटिएको  खुसी घरमै बाख्रा पालन गरेपछि भेटिएको जैसी बताउँछन । ‘विदेशमा दैनिक करिब १८ घण्टा काम गर्दा पनि कहिले खुशी भइँदैनथ्यो,’ उनले भने, ‘घरमै बाख्रा पालन सुरु गरेपछि घर परिवारको सहयोग, साथीभाइको साथ पाएको छु, त्यसैले यहाँ धेरै खुसी छु ।’ पछिल्लो पटक कुबेत गएका जैसी त्यहाँ चार वर्ष बिताएपछि गत सालको मंसिर पहिलो साता स्वदेश फर्किएका हुन । उनले सोही महिनाको अन्तिमतिर क्रिसिका बाख्रा पालन फर्म दर्ता गरी बाख्रापालन सुरु गरे ।  १० वटा बाख्राबाट व्यवसाय सुरु गरेको उनको फर्ममा अहिले बबरी, स्थानीय गरी ३५ वटा बाख्रा छन । यस पेसाबाट अहिलेसम्म करिब तीन लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । उनले भने, ‘यो पेसाबाट सन्तुष्ट छु ।’ 

आफ्नो पेसामा सन्तुष्ट भए पनि सरकारको व्यवहारबाट भने उनी असन्तुष्ट रहेछन् । स्थानीय सरकारबाट अनुदान पाइन्छ भन्ने आश्वासन मात्र पाएको उनको दुखेसो छ । ‘फर्म दर्ता गरेर बाख्रा पालन सुरु गरियो, तर व्यवसायको पनि डबल कर तिर्नुपर्ने,’ उनले भने, ‘एकातिर आन्तिरक राजस्व कार्यलयमा र  अर्को स्थानीय तहलाई कर तिर्नुपर्छ ।
त्यसैले अब सम्बन्धित निकायहरुले अहिले दैनिक बढ्दो बैदिशक रोजगारमा जान कार्यलाई रोक्न विभिन्न आय मुलक काममा सहयोग गरे रोकिन सक्छ । तर कुरामा भन्दा ब्यवहारमा लागु गरे युवाहरु अझ विभिन्न ब्यवसायमा लाग्न आकर्षित हुने थिए  ।  
 

प्रतिक्रिया दिनुहोस