रौतहट । काठमाडौँबाट गौर तर्फ आउने क्रममा आज बिहान मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालको पहिरोमा परेर बेपता भएको गणपति डिलक्स बसमा सवार २८ जना यात्रु बेपता भएको खुलेको छ।
बसमा रहेका ३१ यात्रु मध्ये ३ जनाले भने हामफालेर ज्यान जोगाएका थिए।
बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही नगरपालिका करुनियाका २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना गरी तीन जनाले हामफालेर ज्यान जोगाएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।
उनीहरूलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्याइएको छ । उनीहरू तीनै जना सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते