काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षासँगै विभिन्न जिल्ला भई बग्ने नदीहरूको जलसतह सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बाग्लुङ, मकवानपुर, चितवन, तनहुँ र नवलपुरमा बाढीको खतरा रहेको हो ।
बाग्लुङको म्यादी खेला मंगलघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । त्यहाँ जलसतह बढ्दो क्रममा रहेकाले दिउँसो १२ जबेसम्म सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
यता मकवानपुर जिल्लाको लाल बकैया खोलास्थित जुरेली बजार जलमापन केन्द्रमा सतर्कता तह पारेको र बढ्दो क्रममा रहेको छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन भनिएको छ ।
यता, चितवन जिल्लाको नारायणी नदी देवघाट जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा रहनेले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
यसैगरी तनहुँ जिल्लाको मर्स्याङ्दी नदी विमलनगर जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले सतर्कता अपनाउन भनिएको छ । यस्तै नवलपुरको देउराली नवल वर्षा मापनकेन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ । सो क्षेत्रमा थप वर्षा हुनसक्ने भएकाले बिनइ नदी लगायत स–साना नदीको बहाव बढ्न सक्ने महाशाखाको भनाई छ । नदी तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
देशका प्रमुख नदीमा बहाव बढ्दो
यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
यी जिल्लाका नदी र खोलामा छ बाढीको जोखिम
नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै