काठमाडौं। नेकपा माओवादीका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत नपाए संविधानको धारा ७६ (३)मा अनुसार नयाँ सरकार गठन हुने जिकिर गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच धारा ७६ (२) अनुसार केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्नेगरी भएको सहमतिप्रति माओवादी नेताहरूले विरोध जनाए ।
धारा ७६ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री बन्ने व्यवस्था छ । ३ मा ठूलो दलको संसदीय दलको नेताको नेतृत्वमा सरकार बनाउने व्यवस्था छ ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्ने माओवादी सांसदहरूले अबको सरकार धारा ७६ (३) अनुसार बन्नुपर्ने जिकिर गरेका हुन् ।
प्रतिनिधि सभा बैठकको विशेष समयमा माओवादीका लेखनाथ दाहालले असार २८ गते प्रचण्डले विश्वासको मत नपाए संविधानको धारा ७६ (३) को सरकार बन्ने दाबी गरे ।राष्ट्रपतिले संविधानको पालना गर्ने र कांग्रेस एमालेले जे भन्यो त्यही गर्न नहुने दाहालको भनाइ थियो ।
प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा माओवादी सांसद महिन्द्र राय यादवले अबको सरकार धारा ७६ (३) अनुसारको बन्ने दाबी गरे ।
यस्तै शून्य समयमा सांसद छिरिङ डम्डुल लामा भोटे र छिरिङ लामा तामाङले कुर्सीको लागि माओवादीले संविधानको गलत व्याख्या नगर्ने भन्दै धारा ७६ (३) अनुसारको सरकार बन्ने दाबी गरेका थिए। संविधानको कुन धाराबाट सरकार बनाउने भन्ने विषयलाई लिएर संसद्मा माओवादी र एमाले सांसदहरूबीच जुहारी चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असार २०८१, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी