काठमाडौं । साताको पहिलो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा अडिएको हो ।
यस दिन बजारमा १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । दोहोरो अंकले परिसूचक बढे पनि मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमा भने नेगेटिभ सर्किट लागेको छ । त्यस्तै, गुडविल फाइनान्स लिमिटेड, आइसीएफसी फाइनान्स र अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक घाटा ब्यहोरेका छन् ।
गत साताको दोस्रो कारोबारपछि निरन्तर बढीरहेको नेप्से आज पनि बढेको हो । कारोबारका आधारमा २१ करोड ७१ लाख ४८ हजार रुपैयाँको कारोबारसहित एनआरएन इन्फास्टक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३० अंकले घट्यो सेयर बजार
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार