काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।उनीहरूविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रवक्ता घिमिरेका अनुसार कुसियैतसहित गाउँपालिकाका इन्जिनियर कृष्णा साह, सव-इन्जिनियर सन्तोषकुमार यादव र लेखापाल सोमप्रसाद आचार्य, उपभोक्ता समितिका अध्यक्ष जिवछकुमार यादव, कोषाध्यक्ष पूनमकुमारी देवी र सचिव रामउदगार मण्डल भन्ने रामउदगार खतवे मण्डल र वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष खुसिलाल साहविरुद्ध मुद्दा दायर गरिएको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित बजेटबाट वडा नम्बर २ स्थित मझौरा हुँदै बरगाछीदेखि पटनासम्म माटो र ग्राभेल निर्माण कार्यमा अनियमितता भएको भन्दै मुद्दा दायर गरिएको हो ।
माटो र ग्राभेल योजना सम्झौता र नापी किताबमा उल्लेख भएबमोजिम फिल्डमा काम नगरी लागत अनुमानभन्दा फरक र कम परिमाणको काम गराई बढी भुक्तानी दिएको पाइएको हो ।
झुट्टा बिल भरपाई, नापी किताब, कार्य सम्पन्न प्रतिवेदन तयार गरी १२ लाख ७ हजार २६० रुपैयाँ बढी भुक्तानी दिएको भन्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असार २०८१, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर