काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा दिन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू नदिई फर्किएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफूले संसद्बाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘राजीनामा बुझाउन गएका थियौं ।
प्रधानमन्त्रीले छलफल गर्नुपर्यो भन्नुभयो,’ उनले भने, ‘आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु, संसद्लाई फेस गर्छु भन्नुभयो । हामीले पनि सम्मान गर्दै चाँडै गर्न भनेका छौं ।आज बिहान राजीनामा पत्र बोकेरै मन्त्रीहरू प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए ।
सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।
यसअघि बुधबार साँझ प्रधानमन्त्रीलाई भेटेर नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिएका थिए। साथै एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । गत सोमबार राति नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० असार २०८१, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न रास्वपाको माग
घण्टी बजाएर रास्वपाको ‘जनयात्रा’ शुभारम्भ
चितवनमा हुने जनयात्रामा शान्तिपूर्ण रुपमा सहभागी हुन रास्वपाको अपिल
चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक : डा. स्वर्णिम वाग्ले