काठमाडौ । नयाँ सत्ता समीकरणमा एमालेसँग समझदारी भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवासमा बस्ने गरी कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्नेगरी बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको पनि सहभागिता रहने छ ।
सोमबार राति कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ असार २०८१, ०७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले भोलि पार्टीका सांसदलाई प्रशिक्षण दिने
काँग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका संशोधन, असोज १६-१९ सम्म गर्ने निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विवादमा गोकुल बाँस्कोटाको टिप्पणी : खेल खेलाडीका, जित अनाडीका