काठमाडौ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
सोमबार मध्यराति नेपाल कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सकार बन्ने सहमति भएकाले त्यसैको ब्रिफिङ गर्न सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
सचिवालय बैठक दिउँसो तीन बजे पार्टी मुख्यालय च्यासलमा बस्नेछ।
एमाले र कांग्रेसका बीचमा राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएको छ। सहमतिअनुसार संसद्को बाँकी कार्यकाल सरकारको नेतृत्व आधाआधा कार्यकाल बाँड्ने सहमति भएको छ।
सहमति अनुसार पहिलो चरणको सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ असार २०८१, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग