सर्लाही । सर्लाहीको हरिवनमा खेत जोतिरहेको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ।
हरिवन नगरपालिका–१ पटौनामा शनिबार दिउँसो धान रोपाइँका लागि खेत जोत्दै गरेको ज १ त ५७५७ नम्बरको ट्याक्टर पल्टिएर च्यापिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा हरिवन नगरपालिका–२ अत्रौली घर भएका ५० वर्षीय सहदेव राउत रहेका छन्। खेत जोतिरहेको बेला ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा रोडाभेटरमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ असार २०८१, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु