ग्वोजा। नाइजेरियाको उत्तरी बोर्नो स्टेटमा बम विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ भने ४८ घाइते भएका छन् ।नाइजेरियाको स्टेट इमर्जेन्सी सर्भिसले जनाएअनुसार विस्फोट एउटा वैवाहिक समारोहमा शनिबार दिउँसो ३ बजे भएको थियो । त्यसपछि अर्को विस्फोट जनरल हस्पिटल ग्वोजा र तेस्रो विस्फोट अन्त्येष्टिस्थलमा भएको थियो ।
बोर्नो स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी ९सेमा०का महानिर्देशक डा बार्किन्दो मोहम्मद साइदुले घटनास्थलको निरीक्षण गरेका छन् । मृतकहरूमा पुरुष, महिला र बालबालिकाहरू रहेको सेमाले जनाएको छ । घटनाका बारेमा थप विवरण उपलब्ध गराइएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असार २०८१, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मस्जिदमा भएको आक्रमणमा परी नाइजेरियामा ४४ जनाको मृत्यु
नाइजेरियामा संकटकाल
बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु
नाइजेरियामा बिद्यालय भवन भत्किँदा कम्तीमा २२ जना बालबालिकाको ज्यान गयो