विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताएका छन् ।मोरङको जहदा गाउँपालिका–३ मा आज आयोजित २१औं राष्ट्रिय धान दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
युवाका लागि तालिम, अनुदान, कृषिमा आधुनिक प्रविधि, व्यावसायिकता र बजारीकरणमा विशेष ध्यान दिने नीति प्रदेश सरकारले लिएको उनको भनाइ थियो ।मुख्यमन्त्री कार्कीले प्रदेशलाई कृषि उपजमा आत्मनिर्भर बनाउन विशेष योजनाका कार्य शुरू गरेको बताए ।
उत्पादकत्व वृद्धि गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने उनले बताए ।'जलवायु परिवर्तनको असरका कारण कृषि उत्पादन घटेकाले यसबाट मानव जीवन कष्टकर बन्दै गएको छ ।
यसतर्फ हामी सबैले ध्यान दिनु जरुरी छ,' उनले भने ।सो अवसरमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले कृषि उत्पादन वृद्धि गर्न उन्नत जातको बिउ उत्पादन वृद्धि हुने विचार राखे ।
कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगी र जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साहले कृषिमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असार २०८१, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री कार्की
विपक्षी दल फकाउँदै मुख्यमन्त्री कार्की, आङ्बोसँग भेटवार्ता
प्रादेशिक आमसञ्चार विधेयक सच्याउँछौं : मुख्यमन्त्री कार्की
अध्यादेशको विरोध गर्नुको औचित्य छैन : मुख्यमन्त्री कार्की
सामुदायिक विद्यालय मर्जरमा हामीले सघाउनुपर्छ : मुख्यमन्त्री कार्की