काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने खोज्ने एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको बताएका छन्। मदन भण्डारी फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय र गैर राष्ट्रिय शक्तिबीच प्रतिस्पर्धाको राजनीति चलिरहेको बताए।
उनले भने, ‘अहिले हामी राष्ट्रिय शक्तिलाई निर्णायक ठाउँमा पुर्याउने अवस्थामा पुगेका छौँ। हामी शक्ति सन्तुलनको स्थिति सधैँ यस्तै रहन सक्दैन। जबजले दक्षिणपन्थी शक्तिहरूलाई अगाडि जाने भन्दा राष्ट्रिय शक्तिलाई अगाडि बढाउने कुरामा सहज बनाउँछ। त्यसैले हामीले जबज भनेका हौँ।’
उनले हाम्रो दुईतिर भिन्न(भिन्न राजनीतिक, आर्थिक सामाजिक सांस्कृतिक फरक प्रणालीका बलिया देश रहेको उल्लेख गरे। उनले भने, ‘ठूला र बलिया देशका प्रतिस्पर्धाका बीचमा हामी पस्नै हुँदैन। अरूको प्रतिस्पर्धाको बीचमा। बलियाले प्रतिस्पर्धा गर्छन्। ग्लोबल कम्पिटिसनको म्याराथनमा हामी छैनौँ। हामी इकोनोमिक डेभलप्मेन्टको म्याराथनमा पनि छैनौँ। तर हामीलाई निर्विवाद शान्ति चाहिन्छ। कसैको प्रतिस्पर्धाले हामीलाई घच्चपच्च हुनुभएन। अरूको टकराबको झिल्काले हाम्रो घर डढ्नुभएन नि। हाम्रो छानामा ती झिल्का आउनुभएन। यहाँनेर हामी भूराजनीतिलाई हेर्छौँ। भूराजनीति हाम्रो देशको राष्ट्रिय स्वार्थ कमजोर बनाउन होइन, आन्तरिक रूपमा हामी बेतुकको बहसमा अल्झिन चाहँदैनौँ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असार २०८१, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचबुझ आयोगलाई थर्काउँदै ओली, बयान मात्रै लिन खोजिए पनि प्रतिवाद
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
जेनजी आन्दोलनबारे ओलीको ब्याख्यामा पार्टीभित्रै सशक्त प्रतिवाद
मलाई पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली
मुख्यमन्त्री यादवविरुद्धको रिटमा सर्वोच्चकाे आदेश संविधान विपरीत : केपी ओली
दुई साताभित्रै ओली-लेखकसँग बयान लिने जाँचबुझ आयोगको तयारी