स्याङ्जा । स्याङ्जाको फेदीखोलामा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाका अनुसार फेदीखोला गाउँपालिका- ५ मा गएराति साढे ११ बजे पहिरोले घर बगाउँदा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसादेवीको मृत्यु भएको हो।
राति घरभित्र सुतिरहेको बेला २५ मिटर माथिबाट खसेको पहिरोले घर पुरिँदा आमा-छोरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असार २०८१, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु