काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्तालाई गुटबन्दी छाड्न निर्देशन दिएका छन् । गोदावरी नगर कमिटीको नवनिर्वाचित पदाधिकारीको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै चुनावको बेलामा पार्टीकै उम्मेदवार हराउन नेताहरू हिँडेको बताए।
उनले भने, ‘हामी पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाऔँ भनिरहेका हुन्छौँ तर, भन्न अप्ठ्यारो लाग्ने कुरा छ हामी आफैँ चुनावका बेलामा भावनामा बग्छौँ, आफ्नै उम्मेदवारलाई हराउन लाग्छौँ। आफ्नै उम्मेदवारका विरुद्ध भित्रभित्र खुसखुस गरेर एउटा अभियान चलाउँछौँ। अब उप्रान्त त्यस्तो हुनेछैन।’
उनले अहिले एमालेले समृद्धि नेपाल, सुखी पूरा गर्ने राष्ट्रिय आकांक्षालाई पूरा गर्न मिसन ०८४ अभियानमा क्रियाशील रहेको बताए। उनले भने, ‘हामी एकजुट भएर नखटेका कारणले हामी यहाँ जितेनौँ। एमालेका नीति जनताकहाँ पुर्याएका भए, एमालेले गरेका काम जनताकहाँ पुर्याएका भए, एमालेलाई छोडेर जनताले अरूलाई भोट दिँदैन। अरूले भ्रम फिँजाए, आफूले सफा गर्न सिक्यौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असार २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता