काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।
केन्द्रीय समितिको बैठक आगामी जेठ १९ गते बुधबार पार्टी कार्यालयमा चःमतिमा बस्ने महामन्त्री ढकालले जानकारी दिए।
महामन्त्री ढकालले गत बुधबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका थिए।
गत वैशाख १५ गतेको इलाम क्षेत्र नम्बर २ को उपचुनावमा रास्वपाले अनपेक्षित नतिजा ल्याएको भन्दै पार्टीले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाएको थियो। ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३९ जिल्ला भ्रमण गरेका थिए।
त्यसक्रममा उनले २ हजार ७९ जनाभन्दा बढी नेता—कार्यकर्तासँग संवाद गरेको उनले बताएका छन्।
समीक्षा यात्राका क्रममा पार्टीका नेता—कार्यकर्ता, शुभेच्छुकहरूले पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे राष्ट्रिय पार्टी बन्न पनि मुस्किल हुने बताएको र त्यही आधारमा आफूले प्रतिवेदन बुझाएको महामन्त्री ढकालले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असार २०८१, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति