काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१’ राष्ट्रिय सभा समक्ष प्रस्तुत गरेका छन् । आज बसेको राष्ट्रिय सभाको बैठकमा मन्त्री पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।
आगामी आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन र सो रकम विनियोजन गर्न बाच्छनीय भएकाले प्रस्तुत विधेयक पेस गर्नुपरेको मन्त्री पुनले बताए । “प्रस्तुत विधेयकले सङ्घीय सञ्चिती कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा र कार्यको निम्ति विनियोजन गर्न सक्ने व्यवस्था छ,” उाले भो, “राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्दछु ।”
यसैगरी राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्वन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेवुल गरेका थिए । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असार २०८१, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नामावली पुस १९ गते प्रकाशन हुने
सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्न - तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै