विकिलिक्सका प्रमुख जुलियन असान्ज जेलमुक्त

सफल खबर संवाददाता

मंगलबार, ११ असार २०८१, १० : ४६
विकिलिक्सका प्रमुख जुलियन असान्ज जेलमुक्त

काठमाडौं। कैयौँ वर्षसम्मको कानूनी लडाइँपछि विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायतको जेलबाट छुटेका छन् । अमेरिकी प्रशासनसँग सम्झौता भएपछि उनी छुटेको बीबीसीले जनाएको छ । ५२ वर्षीय असान्जले अमेरिकी राष्ट्रिय सुरक्षासँग सम्बन्धित दस्तावेज चोरेर सार्वजनिक गरेको आरोप खेपिरहेका थिए ।

 

अमेरिकी प्रशासनले आरोप लगाएअनुसार उनले इराक र अफगानिस्तान युद्धसँग सम्बन्धित फाइल विकिलिक्समार्फत सार्वजनिक गरेका थिए । त्यसले मानिसको जीवन खतरामा परेको अभियोग लगाइएको थियो ।असान्ज पाँच वर्षयता बेलायतको जेलमा थिए । जेलबाटै उनले अमेरिकामा सुपुर्दगी नहुन मुद्दा लडिरहेका थिए ।

समाचार जनाइएअनुसार अब असान्ज अमेरिकामा हिरासतमा बस्नुपर्ने छैन । उनी अब अस्ट्रेलिया जान पाउनेछन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस