वीरगञ्ज । प्रहरीले बाराबाट लागुऔषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बस चालक वीरगञ्ज महानगरपालिका-३२ मुनिलाल प्रसाद रौनियार, सहचालक पर्सा पोखरिया नगरपालिका-२ बस्ने दिपेन्द्र शर्मा र अर्का सह-चालक पर्साकै पकहामैनपुर गाउँपालिका-४ खेस्राहा बस्ने भिम गिरी रहेका छन्।
प्रहरीले बारा, जीतपुर सिमरा उप-महानगरपालिका-२ स्थित सिमरा चोकमा वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६०५९ नम्बरको यात्रुबाहक बसलाई रोकी चेक जाँच गरेको थियो।
जाँचको क्रममा चालकको सिटमुनि लुकाइछिपाइ राखेको लागुऔषध खैरो हेराेइन ९ ग्राम ७६० मिलिग्राम बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असार २०८१, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा