टोकियो। जापानको फुकुशिमाको तटीय क्षेत्रमा आइतबार ४.९ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पको केन्द्रबिन्दु फुकुशिमा प्रान्तको तटीय क्षेत्रमा ५० किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्पका कारण समाचार तयार पार्ने समयसम्म कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । जापान चार टेक्टोनिक प्लेटहरूको मिलन बिन्दुमा अवस्थित छ, जसले यसलाई विशेष गरी भूकम्पीय गतिविधिको लागि संवेदनशील बनाएको छ ।
यो १०० सक्रिय ज्वालामुखीहरूको घर पनि हो । सन् २०११ मा जापानमा ९.० म्याग्निच्यूडको भूकम्प गएको थियो र सुनामी आएको थियो । भूकम्पका कारण १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने फुकुशिमा आणविक केन्द्रमा विपत्ति आएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असार २०८१, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन