हेटौँडा । प्रतिपक्ष दलले बागमती प्रदेशसभा बैठकमा अवरोध गरेका छन् । बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेका हुन् । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय व्ययको विवरण नै नमिलेको भन्दै बिहीबार कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन् । संसद् बैठकमा प्रतिपक्ष दलका सांसदहरूले बजेट सिस्टमलाई नै उलङ्घन गरेर बजेट कार्यक्रम परक पर्ने गरी पुस्तिका ल्याएको भन्दै विरोध गरेका हुन् ।
उनीहरूले संसद् बैठकमा नाराबाजी समेत गरेका छन् । सांसदहरूले ‘बजेट पुनःलेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।
प्रतिपक्ष दलका सांसदहरूको विरोध पश्चात् सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असार २०८१, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती सरकारले चालू आवको बजेट पुनरावलोकन गर्ने
बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
बागमतीमा आइतबार सार्वजनिक बिदा
बागमती प्रदेश सरकारको प्रवक्तामा कृष्णकुमार तामाङ
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त