हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछन् । बैठक बिहान ११ बजे प्रदेशसभा भवनमा बस्नेछ ।
बैठकमा विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुने र विधेयकमाथि दफावार छलफलका लागि विषयगत समितिमा पठाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।
प्रदेशसभाको गत चैत २५ र २६ गते बसेको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ र ‘प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ प्रस्तुत भई समान्य छलफलसमेत भएको थियो ।
सोही विधेयकको सैद्धान्तिक पक्षमा छलफल गरी दफावार छलफलका लागि विषयगत समितिमा पठाउने र त्यहाँबाट प्राप्त सुझावसहित समेटिएको छुट्टाछुट्टै प्रतिवेदन तयार पार्ने सचिव पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ बैशाख २०८३, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सिसिटिभीमार्फत निगरानी
बागमतीमा साढे ७ अर्ब बजेट कटौती
बागमती सरकारले चालू आवको बजेट पुनरावलोकन गर्ने
बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत