काठमाडौं। बजेटमा कर्णालीलाई विभेद गरिएको भन्दै राप्रपा सचेतक ज्ञानेन्द्र शाहीले क्षेत्रीय दल खोल्ने चेतावनी दिएका छन् ।सिंगो कर्णालीभन्दा धनुषा र झापामा भौतिक पूर्वाधार मन्त्रालयको बजेट धेरै भएको आरोप उनले लगाए ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद शाहीले झापा र धनुषामा भौतिक पूर्वाधार मन्त्रालयको १० प्रतिशत रकम छुट्ट्याइएकोमा सिंगो कर्णाली प्रदेशमा ४ प्रतिशत मात्र रहेको भन्दै आपत्ति जनाए ।‘भौतिक पूर्वाधार मन्त्री धनुषा र झापाको मात्र हो ? कर्णालीलाई किन यस प्रकारको विभेद ?’ उनले प्रश्न गरे ।
कुनै बेला ‘कर्णालीका जिल्ला, एमालेको लालकिल्ला’ भन्ने गरिएको तथा माओवादी जनयुद्धको उद्गम थलो समेत रहेको स्मरण गर्दै शाहीले भने, ‘सबै दलले यसरी विभेद गर्ने हो भने कर्णालीमा क्षेत्रीय दल खुल्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकका माग पूरा गर्न सांसद शाहीको माग- 'संसद्को विशेष अधिवेशन बोलाएर शिक्षा विधेयक पास गरौं'