काठमाडौं। चितवनको कालिका नगरपालिका-६ खोलेसिमल बजारस्थित एक सुन चाँदी पसलमा लुटपाट भएको छ ।गएराति करिब ९ बजेको समयमा स्थानीय व्यवसायी विनोद सुनारको सुन चाँदी पसलमा लुटपाट भएको प्रहरीले जनाएको छ ।
व्यवसायी कुँवरले प्रहरीलाई बताएअनुसार पसलबाट करिब ३५ किलो चाँदी ३ किलो सुन लुटपाट भएको हो । प्रहरीले भने कति सुनचाँदी लुटपाट भयो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ ।चोरले नगद दुई लाख रुपैयाँसमेत चोरेको व्यवसायीले प्रहरीलाई बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार सुनचाँदी पसलमा २ जना व्यक्ति आएर लुटपाट गरेका हुन् । घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको उनले बताए ।घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ असार २०८१, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो