काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ सय १७ रनको मध्यम लक्ष्य पाएको छ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १६ रनको योगफल तयार पारेको हो।
नेपाल आजको खेलमा दक्षिण अफ्रिकाविरुद्ध पराजित भए सुपर ८ मा पुग्ने सम्भावना लगभग सकिनेछ। आजको खेलमा जित निकाले नेपालको सुपर ८ मा पुग्ने सम्भावना जिवित रहनेछ। नेपालविरुद्ध राम्रो सुरुवात गरेको दक्षिण अफ्रिकाविरुद्ध पछिल्लो समय नेपालका बलर हावी भए।
दक्षिण अफ्रिकाविरुद्ध नेपालका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी चम्किए। कुशलले आफ्नो स्पेलमा १९ रन दिएर चार विकेट लिए। दिपेन्द्रले आफ्नो स्पेलमा २१ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी, करण केसी, कुशल मल्ल, सन्दीप लामिछाने र अविनास बोहोरा विकेट बिहीन रहे।
दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेनड्रिकले सर्वाधिक ४३ रनको योगदान दिए।
दिपेन्द्रले १६ औँ ओभरको तेस्रो बलमा ओपनर हेनड्रिकलाई आफैँले क्याच लिँदै आउट गराए। उनले ४९ बलमा ५ चौका र १ छक्का हाने। यसअघि दीपेन्द्रले नै चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी कक लाई १० रन बनाउँदा आउट गरेका थिए।
दीपेन्द्रलेले १८ औँ ओभरको तेस्रो बलमा डेविड मिलरलाई ७ रन बनाउँदा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराए। कुशलले १४ औँ ओभरको दोस्रो बलमा ३ रन बनाएका हेनरिक क्लासेनलाई करण केसीको हातबाट क्याच आउट गराए।
त्यसअघि कुशलले नै १२ औँ ओभरको दोस्रो बलमा नेपालका ओपनर कुशल भुर्तेलले कप्तान एडेन मक्रमलाई १० रन बनाउँदा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असार २०८१, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र एसियाली विकास बैंकबीच १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता
प्रचण्ड, माधव र शेखरबीच विराटनगरमा भेट
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती