काठमाडौँ । माओवादी केन्द्रले फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई कारबाही गरेको छ ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका छन् । प्रदेश सभाको शुक्रबार बस्ने दोस्रो बैठकमा सभामुखले कारबाही गरेको जानकारी दिने तयारी छ । त्यसो भएमा सांसद देवकोटा पदमुक्त हुनेछन् ।
नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्विप उल्लंघन गर्दै २८ असारमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा ऊर्जामन्त्री समेत भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ जेठ २०८१, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल