बाँके । बाँकेको राप्तीसोनारीमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको छ।
पूर्वपश्चिक राजमार्गामा पर्ने राप्तीसोनारी-९ स्थित ढकेरीमा भे १ ख ३०१९ नम्बरको टिपरले भे १० प १४१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राप्तीसोनारी-८ का ३५ वर्षीय लोकेन्द्र विष्टको मृत्यु भएको हो।
गएराति साढे ९ बजे कोहलपुरबाट पूर्वतर्फ आउँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ जेठ २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु