काठमाडौं । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी गराउने भएको छ ।
यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा भाग लिन १२ कक्षा पास हुनु पर्थ्यो । एकीकृत प्रवेश परीक्षाका लागि आयोगले बुधबारदेखि आवेदन खुलाइसकेको छ । सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् ।
चिकित्सा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले नियमित विद्यार्थीको सुविधाका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३२ जेठ २०८१, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता
हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा
कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख बढी परीक्षार्थी सहभागी
कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ : बोर्ड
परीक्षा बोर्डले भन्यो- एसईई २०८२ को रजिस्ट्रेसन फारम भर्नुस्
कक्षा १२ को परीक्षा सर्यो