काठमाडौं । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी गराउने भएको छ ।
यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा भाग लिन १२ कक्षा पास हुनु पर्थ्यो । एकीकृत प्रवेश परीक्षाका लागि आयोगले बुधबारदेखि आवेदन खुलाइसकेको छ । सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् ।
चिकित्सा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले नियमित विद्यार्थीको सुविधाका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३२ जेठ २०८१, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी
परीक्षा अगावै कक्षा १२ को प्रश्नपत्र सार्वजनिक गर्ने युवक पक्राउ
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
भोलिदेखि देशभर कक्षा १२ को परीक्षा सुरु
कक्षा १२ को परीक्षा आवेदन फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक