गैँडाकोट । कावासोतीको फलफुल चोकदेखि केही पुर्वपट्टि ढल निकास निर्माणका लागि खाल्डो खन्दा पुरिएर २ जनाको मृत्यु भएको छ भने अर्को एक जना बेपत्ता छन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गम्भीर घाइते भएर उपचारका लागि जिल्ला अस्पताल डण्डा पु¥याइएका मजदुरहरु तानमाया गाहा मगर र सोती रानाको मृत्यु भएको हो ।
उनीहरुलाई अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन् । खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको भने खोजी कार्य भइरहेको छ ।
उनीहरु तीनै जना कावासोतीकै हुन् । घटना आज साँझ साढे ६ बजे भएको हो । नगरपालिकाले महेन्द्रराजमार्ग देखि उत्तरतर्फ पानीको निकासकालागि ८, ९ फिट गहिरो खाल्डो ( नाला) खन्ने ३ जना महिला मजदुरहरु पुरिएका थिए ।राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले पर्याप्त सावधानी नअपनाएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु