गैँडाकोट । कावासोतीको फलफुल चोकदेखि केही पुर्वपट्टि ढल निकास निर्माणका लागि खाल्डो खन्दा पुरिएर २ जनाको मृत्यु भएको छ भने अर्को एक जना बेपत्ता छन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गम्भीर घाइते भएर उपचारका लागि जिल्ला अस्पताल डण्डा पु¥याइएका मजदुरहरु तानमाया गाहा मगर र सोती रानाको मृत्यु भएको हो ।
उनीहरुलाई अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन् । खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको भने खोजी कार्य भइरहेको छ ।
उनीहरु तीनै जना कावासोतीकै हुन् । घटना आज साँझ साढे ६ बजे भएको हो । नगरपालिकाले महेन्द्रराजमार्ग देखि उत्तरतर्फ पानीको निकासकालागि ८, ९ फिट गहिरो खाल्डो ( नाला) खन्ने ३ जना महिला मजदुरहरु पुरिएका थिए ।राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले पर्याप्त सावधानी नअपनाएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु