विराटनगर । मोरङको सुन्दरहरैंचा-६ मा जंगली हात्तीको बच्चा (छावा) मृत भेटिएको छ ।
बुधबार बिहान स्थानीय दुर्गा मन्दिर टोल नजिक केरा बगानभित्र भाले छावा मृत फेला परेको हो ।
अन्दाजी ५-६ वर्षको जस्तो देखिने हात्तीको छावा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख अमृतविलाश पन्तले बताए ।
छावाको सुँडको छेउमा सामान्य चोट देखिएको उनले बताए । कोशी टप्पु वन्यजन्तु आरक्षको टोली अनुसन्धानका लागि घटनास्थल तर्फ जाँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते