काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल यमनसँग २-२ को बराबरीमा रोकिएको छ ।
साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा गएराती सम्पन्न खेलमा नेपाल र यमनले २-२ को बराबरी खेलेका हुन् ।
नेपालका लागि सन्जीब विष्ट र जिलेस्पी जग कार्कीले एक एक गोल गरेका थिए । त्यस्तै यमनका लागि नासिर अल गहवाशी र मोह,अद अब्दुल्लाह अल दाहिले एक एक गोल गरेका थिए । साथै यो खेलमा नेपालका गोलकिपर किरण लिम्बुले आफ्नो सयौं खेल खेलेका छन् । उनी नेपालका लागि सर्बाधिक अन्तराष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुन् ।
घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि 'न्युट्रल भेन्यू' को रुपमा साउदी अरबमा खेलेको हो । एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।
नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो । समुह एचमा रहेको नेपालले यो बराबरीसँगै २०२६ को विश्वकप छनौटमा एक अंक हासिल गर्दै समाप्त गरेको छ । नेपालले ६ खेलमा ५ हार र एक बराबरी खेलेको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपका लागि इरानलाई अमेरिकामा स्वागत र सुरक्षाको पूर्ण ग्यारेन्टी छ: ह्वाइट हाउस
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड
विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै