एजेन्सी । पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता भएको छ ।
पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमानसँग सम्पर्कविहीन भएको र विमानको स्थानबारे जानकारी नआएको बताएका छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो । उक्त विमानमा उपराष्ट्रपति बाहेक नौ जना सवार थिए ।
रिपोर्टका अनुसार विमान आफ्नो गन्तव्य मजुजुमा अवतरण गर्न असफल भएको थियो । मजुजु मलावीको उत्तरी क्षेत्रमा स्थित छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २९ जेठ २०८१, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतारले अमेरिकालाई दियो विमान उपहार
आकाशमै टायर पड्किएपछि विमानको आकस्मिक अवतरण
अमेरिकी आकाशमा फेरि ठोक्किए दुई विमान, २ जनाको मृत्यु
क्यानडामा ८० जना सवार विमान अवतरण गर्ने क्रममा पल्टियो
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता
कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरलाइन्सको विमान मस्कटमा आकस्मिक अवतरण