काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालुवाटारमा भइरहेको भेटवार्तामा प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज दिउँसो भारत जाँदैछन् ।
मोदीले भारतीय प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकालका लागि शपथ लिँदै छन् । प्रधानमन्त्री दाहालका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी जाने बताइएको छ ।
भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ जेठ २०८१, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल