एजेन्सी । भारतको राजधानी दिल्लीको नरेला औद्योगिक क्षेत्रको एक कारखानामा शनिबार बिहान भीषण आगलागी भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीका कारण तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। नरेला औद्योगिक क्षेत्रमा रहेको मुग दाल सुकाउने कारखानामा शनिबार बिहान साढे ३ बजे भीषण आगलागी भएको हो।
खबर पाएलगत्तै प्रहरी र दमकलसहितको टोलीले आगलागीमा फसेका नौ कर्मचारीलाई उद्धार गरी अस्पताल पुर्याएको थियो, तीमध्ये तीन जनालाई मृत घोषित गरिएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा श्याम, रामसिंह र वीरपाल छन्। घाइतेहरूलाई सफदरजंग अस्पतालमा रिफर गरिएको छ। कारखानाको ग्यास बर्नरमा काँचो मुग भुटेको पाइपलाइनमा ग्यास चुहिएर आगो फैलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जसका कारण कम्प्रेसर तातेर विस्फोट भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ जेठ २०८१, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी