एजेन्सी । भारतको राजधानी दिल्लीको नरेला औद्योगिक क्षेत्रको एक कारखानामा शनिबार बिहान भीषण आगलागी भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीका कारण तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। नरेला औद्योगिक क्षेत्रमा रहेको मुग दाल सुकाउने कारखानामा शनिबार बिहान साढे ३ बजे भीषण आगलागी भएको हो।
खबर पाएलगत्तै प्रहरी र दमकलसहितको टोलीले आगलागीमा फसेका नौ कर्मचारीलाई उद्धार गरी अस्पताल पुर्याएको थियो, तीमध्ये तीन जनालाई मृत घोषित गरिएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा श्याम, रामसिंह र वीरपाल छन्। घाइतेहरूलाई सफदरजंग अस्पतालमा रिफर गरिएको छ। कारखानाको ग्यास बर्नरमा काँचो मुग भुटेको पाइपलाइनमा ग्यास चुहिएर आगो फैलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जसका कारण कम्प्रेसर तातेर विस्फोट भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ जेठ २०८१, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि