काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा मोटरसाइकल सहित सडकबाट खसेर मृत्यु भएका दुई जनाको पहिचान भएको छ । मृत्यु हुनेमा धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर बस्ने ३२ बर्सिया सरिता राई छन् ।
प्रदेश–३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकलसहित उनीहरू सडकबाट २ सय मिटर तल खसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
इलाका प्रहरी कार्यालय फर्पिङ र विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेको छ । घटनास्थलबाट टुक्रिएको अवस्थामा मोटरसाइकलको पाटपुर्जा सङ्कलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते