काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।
प्रधानमन्त्री दाहालले चुनावी सफलताका निम्ति सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीलाई बधाई दिएका हुन्।
‘लोकसभा निर्वाचनमा बीजेपी र एनडीएलाई लगातार तेस्रो कार्यकालको चुनावी सफलताका निम्ति बधाई व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री दाहालले लेखेका छन्।
यसका साथै दाहालले भारतीय जनताको उत्साहपूर्वक सहभागितामा विश्वकै ठूलो लोकतान्त्रिक अभ्यास सम्पन्न गरेकोमा आफू खुसी भएको जनाएका छन्।
भारतीय जनता पार्टी(बिजेपी) २४०, इन्डियन नेशन कंग्रेस(आइएनसी)ले ९९ सय, समाजवादी पार्टी(एसपी) ३७, अल इन्डिया त्रिणमुल कंग्रेस(एआइटिसी)ले २९ र डिएमकेले २२ सिट प्राप्त गरेका छन् ।
बिजेपीले एक्लै बहुमत ल्याउन नसके पनि एनडिए अलाइन्सले भने सुविधाजनक बहुमत हासिल गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता