काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।
प्रधानमन्त्री दाहालले चुनावी सफलताका निम्ति सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीलाई बधाई दिएका हुन्।
‘लोकसभा निर्वाचनमा बीजेपी र एनडीएलाई लगातार तेस्रो कार्यकालको चुनावी सफलताका निम्ति बधाई व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री दाहालले लेखेका छन्।
यसका साथै दाहालले भारतीय जनताको उत्साहपूर्वक सहभागितामा विश्वकै ठूलो लोकतान्त्रिक अभ्यास सम्पन्न गरेकोमा आफू खुसी भएको जनाएका छन्।
भारतीय जनता पार्टी(बिजेपी) २४०, इन्डियन नेशन कंग्रेस(आइएनसी)ले ९९ सय, समाजवादी पार्टी(एसपी) ३७, अल इन्डिया त्रिणमुल कंग्रेस(एआइटिसी)ले २९ र डिएमकेले २२ सिट प्राप्त गरेका छन् ।
बिजेपीले एक्लै बहुमत ल्याउन नसके पनि एनडिए अलाइन्सले भने सुविधाजनक बहुमत हासिल गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद