स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी नियुक्त

विहीबार, १३ पुस २०७४, १२ : ४८
स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी नियुक्त

चितवन । सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको मन्त्रालयकी प्रमुख विशेषज्ञ रहेकी चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा. विनोदमान श्रेष्ठ तथा डा. सुशीलनाथ प्याकुरेल पनि दाबेदार थिए । चौधरी स्वास्थ्य सचिव बनेकी हुन् । डा. चौधरी स्वास्थ्य सचिव भएसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिव पदपूर्ति भएको छ ।

डा. किरण रेग्मीले गत मंसिर १८ गते अनिवार्य अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो । वरियतामा पहिलो नम्बरमा रहेकी डा. पुष्पाले निमित्त सचिवको कार्यभार सम्हाल्दै आएकी थिइन् ।
त्यस्तै बैठकले  दुवै मृगौला फेल भएका, क्यान्सर लागेका र स्पाइनल इन्जुरी भएका विरामीलाई सरकारले मासिक ५ हजार दिने व्यवस्था गरेका छ

त्यस्तै मन्त्रिपरिषदको बैठकले काठमाडौँ विश्वविद्यालय धुलिखेल, अनुसन्धान तथा प्राविधिक विकास केन्द्रका लागि दिन लागेको एक अर्ब चार करोड अनुदान सहायता र व्यवसायिक सीप शिक्षा तथा तालिम अभिवृद्धिका लागि अमेरिकाले दिन लागेको ६ अर्ब २१ करोढ ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस