काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच मंगलबार साँझ भेटवार्ता भएको छ ।अध्यक्ष नेपाललाई भेट्न महासचिव विप्लव पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डसहित नेपाल निवास कोटेश्वर पुगेका थिए ।
भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए । पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा नेताहरूबीच गम्भीरतापूर्वक छलफल भएको बुझिएको छ ।
समाजवादी मोर्चाको संयोजकसमेत रहेका विप्लवले काठमाडौं केन्द्रित भेटघाट तीव्र बनाएको नेकपा स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश