कास्की । पोखरा महानगरपालिका-३२ स्थित युनिभर्स इङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई कुटपिट गरेको अभियोगमा आइतबार सोही विद्यालयका शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपा गाउँपालिका-६ खोलाको छेउ बस्ने ३२ वर्षीय सुदिप अधिकारी रहेका छन् ।
अधिकारीले ती बालकलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भनी लट्ठीले प्रहार गरी घाइते बनाएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनी उपर जिल्ला अदालत कास्कीबाट बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । उक्त कसुरमा १ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ