काठमाडौँ । सुनको सिक्री लुट्ने र किनबेच गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएर कपुरधारा बस्ने २८ वर्षीया उषा विष्ट, सर्लाही घर भएर काठमाडौँ बस्ने रामहरि खड्का र हरि शङ्कर चौधरी छन् ।
वैशाख ३० मा सुन्धाराबाट एउटै ट्याक्सीमा चढेका कविराज नेपालीको घाँटीमा लगाएको सिक्री विष्टले लुटेर भागेकी हुन् । आरोपी विष्टलाई माछापोखरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
उषा विष्टले लुटेको सुन रामहरि खड्काले चाबहिलमा बस्ने ३७ वर्षीय हरि शङ्कर चौधरीलाई बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ