काठमाडौँ । सुनको सिक्री लुट्ने र किनबेच गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएर कपुरधारा बस्ने २८ वर्षीया उषा विष्ट, सर्लाही घर भएर काठमाडौँ बस्ने रामहरि खड्का र हरि शङ्कर चौधरी छन् ।
वैशाख ३० मा सुन्धाराबाट एउटै ट्याक्सीमा चढेका कविराज नेपालीको घाँटीमा लगाएको सिक्री विष्टले लुटेर भागेकी हुन् । आरोपी विष्टलाई माछापोखरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
उषा विष्टले लुटेको सुन रामहरि खड्काले चाबहिलमा बस्ने ३७ वर्षीय हरि शङ्कर चौधरीलाई बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ