काठमाडौं। नेपालले टी– २० विश्वकप क्रिकेट खेल्ने दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली टीमको जर्सी लगाएर बानेश्वरस्थित संसद् भवन पुगेका छन् ।
आज बेलुका नेपालले विश्वकपमा नेदरल्यान्डविरुद्ध खेल्दैछ । यसैको अवसर पारेर रास्वपाका अधिकांश सांसद नेपाली क्रिकेट टीमको जर्सी लगाएर बानेश्वरस्थित संसद् भवन पुगेका हुन् ।
बाहिर फोटो खिचाएपछि रास्वपाका सांसद जर्सीसहित संसद् भवन प्रवेश गरेका छन् । तर भित्र प्रवेश गर्दा उनीहरूले जर्सीबाहिर कोट लगाएका छन् ।दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदै गरेको नेपाल समूह डीमा छ । यस समूहमा श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश पनि छन् ।
नेपाल ११ वर्षपछि विश्वकपमा पुगेको हो । अघिल्लोपटकको सहभागितामा नेपालले अफगानिस्तान र हङकङलाई समूह चरणमा पराजित गरेको थियो ।
तर, बंगलादेशसँग पराजित भएपछि नेपाल अघिल्लो चरणमा जान सकेको थिएन । बराबर अंक भए पनि बंगलादेश रनरेटमा अगाडि रहँदै अर्को चरणमा गएको थियो ।
नेपालको पहिलो खेल आज बेलुका ९ बजेर १५ मिनेटमा शुरू हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न रास्वपाको माग
घण्टी बजाएर रास्वपाको ‘जनयात्रा’ शुभारम्भ
चितवनमा हुने जनयात्रामा शान्तिपूर्ण रुपमा सहभागी हुन रास्वपाको अपिल
चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक : डा. स्वर्णिम वाग्ले