काठमाडौं। नेपालले टी– २० विश्वकप क्रिकेट खेल्ने दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली टीमको जर्सी लगाएर बानेश्वरस्थित संसद् भवन पुगेका छन् ।
आज बेलुका नेपालले विश्वकपमा नेदरल्यान्डविरुद्ध खेल्दैछ । यसैको अवसर पारेर रास्वपाका अधिकांश सांसद नेपाली क्रिकेट टीमको जर्सी लगाएर बानेश्वरस्थित संसद् भवन पुगेका हुन् ।
बाहिर फोटो खिचाएपछि रास्वपाका सांसद जर्सीसहित संसद् भवन प्रवेश गरेका छन् । तर भित्र प्रवेश गर्दा उनीहरूले जर्सीबाहिर कोट लगाएका छन् ।दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदै गरेको नेपाल समूह डीमा छ । यस समूहमा श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश पनि छन् ।
नेपाल ११ वर्षपछि विश्वकपमा पुगेको हो । अघिल्लोपटकको सहभागितामा नेपालले अफगानिस्तान र हङकङलाई समूह चरणमा पराजित गरेको थियो ।
तर, बंगलादेशसँग पराजित भएपछि नेपाल अघिल्लो चरणमा जान सकेको थिएन । बराबर अंक भए पनि बंगलादेश रनरेटमा अगाडि रहँदै अर्को चरणमा गएको थियो ।
नेपालको पहिलो खेल आज बेलुका ९ बजेर १५ मिनेटमा शुरू हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा