काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१ घर भएका तिलक बहादुर थापा मगर छन् ।५० वर्षीय थापा मगरलाई बानेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।
विमला शाहीको जाहेरीले ७ लाख बिगो मागदावी लिइएको बैंकिङ्ग कसुर मुद्दामा थापा मगर फरार थिए । उनलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । उनी काठमाडौँको तिलगंगामा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ