काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका छन् ।
मङ्गलवार विश्वकप खेल्न लागेको नेपाली क्रिकेट खेलाडीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।
‘एक दशकपछि नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दै छ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ’, प्रधानमन्त्रीले फेसबुकमार्फत शुभकामना दिँदै भनेका छन्, ‘देशको प्रतिष्ठा बढाउन निरन्तर मेहनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
आफू नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले भने, ‘सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुँदै छ। मेरो विश्वास छ– विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ। उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ।’
नेपालले विश्वकपमा आफ्नो पहिलो खेल मङ्गलवार नेदरल्याण्डविरुद्ध खेल्दै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक