काठमाडौं । काठमाडौं महानगरले विश्वकप २०२४ को नेपालको पहिलो खेल टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । महानगरपालिका र ओपन डोर इन्टरनटेनमेन्टले युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा टुँडिखेलमा प्रत्यक्ष प्रसारण गर्न लागको हो ।
कार्यक्रममा मेयर बालेन्द्र साह(बालेन) पनि सहभागी हुने ओपन डोर इन्टरनटेनमेन्टले जनाएको छ । इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुती रहने टुँडिखेलमा खाजा तथा खानाको स्टल समेत रहनेछ ।
नि: शुल्क प्रवेश रहेको टुँडिखेलमा ५ बजेबाट गेट खुल्नेछ । नेपाल र नेदरल्याण्डको खेल भोलि साँझ ९:१५ देखि हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ जेठ २०८१, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह
स्कटल्यान्डमाथि नेपालको सहज जित
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
विश्वकप लिग–२ : यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै