काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले मुलुकको अर्थ प्रणालीलाई सही बाटोमा ल्याउने बताएका छन् ।
आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले पछिल्लो १५ वर्षमा मुलुकमा बढ्दै गएको निराशालाई लयमा ल्याउने गरी अर्थमन्त्रीले बजेट ल्याएको बताएका हुन् ।
बजेटमा केही कमी कमजोरी र कार्यान्वयनमा आशंका रहेको भन्दै उनले त्यसमा अर्थमन्त्रीले ध्यान दिनुपर्ने धारणा राखे ।चालु आर्थिक वर्षमा २० खर्बसम्मको बजेट आउने अपेक्षा रहेको भन्दै पौडेलले तर अर्थमन्त्रीले स्रोतमा ध्यान दिएर १८ खर्ब ६० अर्बको बजेट ल्याएको बताए । बजेटले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य तुलनात्मक रूपमा सन्तुलित र सम्भव भएको पौडेलको भनाइ छ ।
गाउँपालिका, अस्पताल र वडा कार्यालयका कतिपय भवनहरू बजेट अभावमा अलपत्र परेको भन्दै पौडेलले त्यस्ता संरचनालाई पूरा गर्न बजेट विनियोजन गर्नुपर्ने धारणा राखे । त्यस्तै पुल, सडकजस्ता राज्यको लगानी भइसकेका योजनामा पनि बजेट विनियोजन गर्न ध्यान दिनुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश गरिनुपर्छ : सांसद पौडेल
सरकारमा जान तँछाडमछाड गरेका छैनौँ: देवेन्द्र पौडेल
सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल