चितवन । चितवनको कुमरोज सामुदयिक वनको दराई बोटे ताल नजिकै सफारी जिप दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जना भारतीय पर्यटक घाइते भएका छन्।शनिबार साँझ साढे ६ बजेतिर ना ४ च ८८५५ नम्बरको सफारी गाडी अनियन्त्रित भएर पल्टिएको थियो।
दुर्घटनामा भारतको मुम्बई बेण्डाली थाना बस्ने ५२ वर्षीया सुस्मिता सुदेश खाडिया, ७४ वर्षीया रेखा रामचन्द्र जादव, ६० वर्षीय सुदेशशंकर खाडिया, ६४ वर्षीय विजय मोरे, ५८ वर्षीया वैशाली गुप्तेश्वर र ६२ वर्षीय पंकज गुप्तेश्वर घाइते भएका छन्।
दुई जनाको पुरानो मेडिकल कलेज र चार जनाको बकुलहर रत्ननगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए। उनीहरूको हात र खुट्टामा चोट लागेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत
हुम्लाको चंखेलीमा जिप दुर्घटना
जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते
डडेलधुरामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु , ६ जना घाईते
कालिकोटमा जिप दुर्घटना, ७ जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना, ७ जना घाइते