काठमाडौँ । काठमाडौँको कलङ्की क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्की घर भएका २६ वर्षीय सुजन कार्की र ३० वर्षीय अभिषेक सिंह छन् ।
उनीहरूले समूह बनाएर कलङ्की क्षेत्रमा व्यापारी र स्थानीयलाई धाकधम्की दिएर त्रसित बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी नवराज अधिकारीले बताए । व्यापार, व्यवसाय गर्नेहरूलाई आरोपीहरूले हातपात र लछार पछार समेत गरेको उजुरी परेपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो ।
अभिषेक सिंह बैङ्किङ कसुर मुद्दामा समेत फरार रहेको थाहा भएको छ । उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ