काठमाडौँ । काठमाडौँको कलङ्की क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्की घर भएका २६ वर्षीय सुजन कार्की र ३० वर्षीय अभिषेक सिंह छन् ।
उनीहरूले समूह बनाएर कलङ्की क्षेत्रमा व्यापारी र स्थानीयलाई धाकधम्की दिएर त्रसित बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी नवराज अधिकारीले बताए । व्यापार, व्यवसाय गर्नेहरूलाई आरोपीहरूले हातपात र लछार पछार समेत गरेको उजुरी परेपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो ।
अभिषेक सिंह बैङ्किङ कसुर मुद्दामा समेत फरार रहेको थाहा भएको छ । उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ